दफा
वनक्षेत्रमा प्रवेश निषेध
(१) वन संरक्षणको दृष्टिकोणबाट आवश्यक देखिएमा डिभिजनल बन अधिकृतले सार्वजनिक सूचना प्रकाशन गरी राष्ट्रिय वनको पूरै वा केही भागमा निश्चित समयको लागि प्रवेश निषेध गर्न सक्नेछ।

(२) उपदफा (१) बमोजिम प्रवेश निषेध गर्दा सिमाना छुट्याई मानिस आवत जावतको लागि बाटो छुट्याउन सकिनेछ र यसरी छुट्याइएको बाटो उपदफा (१) बमोजिम प्रकाशित सूचनामा उल्लिखित शर्तको अधीनमा रही प्रयोग गर्न सकिनेछ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रवेश निषेध गरिएको वनक्षेत्रमा कुनै पनि प्रकारको घरपालुवा चौपाया प्रवेश गराउन पाइने छैन।

(४) उपदफा (१) बमोजिम प्रवेश निषेध गर्दा नेपाल सरकारबाट अनुमति प्राप्त आयोजना सञ्चालकको हकमा तोकिए बमोजिम प्रवेश नियमनको व्यवस्था गरिनेछ।